लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्री देउवा र शर्मा ओलीबीच भेटबार्ता हुदै

IMG

२०७८ माघ २३ ,तिलोताम्मा सिटी। एमाले अध्यक्ष केपी शर्मा ओली आज दिउँसो ४ बजे प्रधानमन्त्री देउवालाई भेट्न  बालुवाटार जान लाग्नुभएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो ।  स्थानीय तहको चुनावको मिति, पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्रीले ओलीलाई भेट्न बोलाएकाले उहाँ दिउँसो ४ बजे बालुवाटार जान लागेको बजगाँइले जानकारी दिनुभयो ।


अमेरिकाले फागुन १६ गतेभित्र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरिसक्न पत्र पठाएपछि प्रधानमन्त्री तत्कालै सम्झौता पास गर्ने तयारीमा हुनुहुन्छ तर सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले संशोधन गरेर मात्रै पास हुनुपर्ने अडान लिएपछि प्रधानमन्त्री देउवा अप्ठेराेमा हुनुहुन्छ ।यस्तै सभामुख अग्नि सापकोटाले लगातार संसद् बैठक बस्ने मिति सारेको विषयमा पनि प्रधानमन्त्री देउवा असन्तुष्ट हुनुहुन्छ । 

कमेन्ट गर्नुहोस्