
२०७८ माघ २३ ,तिलोताम्मा सिटी। भारतको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट बीसीसीआईले विश्व कप जितेको भारतीय टिमका हरेक खेलाडीलाई ४० लाख भारु प्रदान गरिने जनाएको छ । १९ वर्ष मुनिको विश्वकप विजेता टोलीका खेलाडीलाई पनि ४० लाख भारतीय रुपया प्रदान गर्ने वयाको छ भएको छ। टिमका पदाधिकारीहरुलाई पनि २५ लाख भारु प्रदान गरिने बताइएकाे छ ।
गएराति भएको फाइनलमा भारतले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले १४ बल बाँकी छदै ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटाएकाे थियाे । १९ वर्ष मुनिको विश्वकप क्रिकेटको उपाधि भारतले पाँचौ पटक जितेको हो । यस अघि सन् २०००, २००८, २०१२ र २०१८ मा भारतले उपाधि जितेको थियो ।
कमेन्ट गर्नुहोस्