लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रूखले किच्दा दुई बालबालिकाको मृत्यु

IMG

२०७८ माघ २१ ,तिलोताम्मा सिटी। धनुषामा हावाहुरीले रूख ढल्दा शुक्रबार दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको मसालाको रूख ढलेर किच्दा दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा सात वर्षीय बालक अरबिन्द सदा र आठ वर्षीया प्रतिमाकुमारी सदा रहेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।  ढलेको रूखले टाउकोमा चोट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


कमेन्ट गर्नुहोस्