
२०७८ माघ २१, तिलोत्तमा सिटी। हिजो रातीदेखि परेको हिउँदे बर्षाका कारण गुल्मीको रेसुंगामा हिमपात परेको छ। हिमपात पश्चात् चिसोका कारण गुल्मीको जनजीबन कष्टकर बनेको छ । रेसुंगामा पटक पटक हिँउ पर्दा आन्तरिक पर्यटकहरु बढेका छन। तम्घास बजारका चोक चोकमा चिसो छल्नका लागि आगो बालेर ताप्न थालेको यहाँका स्थानीय बासिन्दाहरुले जनाएका छन् । चिसो समयमा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरुलाई बिशेष ख्याल गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ । यस समयमा शरीर तातो हुनेखालका खानेकुराहरु खान र न्यानो कपडा लगाउन प्रमुख जिल्ला अधिकारी पुन्यबिक्रम पौडेलले आग्रह गर्नुभयो ।
काठ दाउरा बालेर आगो ताप्दा र तापजन्य बिद्युतिय सामग्रीको प्रयोग गर्दा सजगता अपनाउन पनि प्रशासनले अनुरोध गरेको छ । आगो ताप्दा र बिद्युतिय हिटरको प्रयोग गर्दा प्रर्याप्त भेन्टिलेसन भएको कोठामा सहज अक्सिजन आपुर्ति हुनेगरी सावधानी अपनाउन र सुरक्षित रहन प्रशासनले आग्रह गरेको हो ।गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले चिसोको समयमा बालबालिका, बृद्धबृद्धा, दीर्घरोगीहरुलाई बढी असर गर्ने भएकाले काठ दाउरा बालेर आगो ताप्दा र तापजन्य बिद्युतिय सामग्रीको प्रयोग गर्दा सजगता अपनाउन पनि प्रशासनले अनुरोध गरेको छ । आगो ताप्दा र बिद्युतिय हिटरको प्रयोग गर्दा प्रर्याप्त भेन्टिलेसन भएको कोठामा सहज अक्सिजन आपुर्ति हुनेगरी सावधानी अपनाउन र सुरक्षित रहन प्रशासनले आग्रह गरेको हो ।
कमेन्ट गर्नुहोस्