लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फिफा विश्व कप फुटबल छनोट खेलमा अमेरिकाले होन्डुरसलाई हरायो र क्यानडाले एल साल्भाडोर

IMG

२०७८ माघ २०, तिलोत्तमा सिटी। फिफा विश्व कप फुटबल छनोट खेलमा क्यानडाले एल साल्भाडोरलाई  २–० गोलले हराएको छ ।जितसँगै क्यानडा विश्व कप छनाेटको नजिक पुगेको छ ।क्यानडाका एटिबा हचिन्सन र जोनाथन डेभिडले एक/एक गोल गरे । छनोटको शीर्ष स्थानमा रहेको क्यानडाले ११ खेलमा २५ अङ्क जोडेको छ । एल साल्भाडोर ९ अङ्कका साथ छैटौँ स्थानमा छ ।


 अर्को खेलमा अमेरिकाले होन्डुरसलाई  ३–० गोलले हराएकोछ । अमेरिकाका वेस्टन म्याककेनी, वाल्कर जिमरम्यान र क्रिस्चियन पुलिसिचले एक/एक गोल गरे । जितसँगै अमेरिकाले ११ खेलमा २१ अङ्क जोडेको छ ।अमेरिका अङ्क तालिकाको दोस्रो स्थानमा छ । अमेरिकाको विश्व कपमा पुग्ने सम्भावना कायमै छ । होन्डुरस तीन अङ्क जोडेर पुछारमा रहेको छ ।

कमेन्ट गर्नुहोस्