लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चिसो बढेसंगै देशैभरको वायुप्रदूषण उच्च बन्दै

IMG

२०७८ माघ २०, तिलोत्तमा सिटी। न्यूनतम तापक्रममा लगातार कमी आएसँगै पछिल्लो सातादेखि देशैभरको वायुप्रदूषणको उच्च बन्दै गएको छ । विभागको तथ्याङ्क अनुसार देशैभरको वायु प्रदूषणको दर उच्च हुँदा वायु गुणस्तरमा कमी आएको छ । पोखरामा २१२, भरतपुर १९८, दाङ १६६, नेपालगञ्ज १६५, सुर्खेत १६४, संखपार्क १६३ र सिमरा १५७ माइक्रोग्राम प्रति घनमिटर बिहीबार मापन भएको छ । सरकारले २४ घण्टामा वायुको गुणस्तरलाई ४० माइक्रोग्राम प्रति घनमिटरसम्मलाई राष्ट्रिय मापदण्ड तोकेको छ । यता विश्व स्वास्थ्य सङ्गठनले भने २५ माइक्रोग्राम प्रति घनमिटरसम्मलाई अन्तराष्ट्रिय मापदण्ड तोकेको छ ।


वातावरण विभागको तथ्याङ्क अनुसार पार्टिकुलेट म्याटर २.५ माइक्रोनको धुलोको प्रदूषण २४ घण्टामा पोखरामा २१२ माइक्रोग्राम प्रति घनमिटर पुगेको छ । अन्य समयमा तराईका मुख्य शहरहरुमा वायु प्रदूषणको दर उच्च हुने गरे पनि यस वर्ष भने पोखराको वायुप्रदूषणको दर मानव शरीरका लागि अति नै हानिकारक भएको हो । देशका अन्य शहरहरुको वायु पनि हानिकारक रहेको पाइएको छ ।


बिहीबार न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १५ डिग्री सेल्सियस  थियो । यता सबैभन्दा कम जुम्लामा ०.८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।वायुको गुणस्तर स्वास्थ्यका लागि अति हानिकारक तहमा पुगेको भन्दै वातावरण विभागले आवस्यकता विना बाहिरी क्षेत्रमा हिँडडुल नगर्न अनुरोध गरेको वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले जानकारी दिनुभयो ।


कमेन्ट गर्नुहोस्