लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमसीसी र चुनावको मितिबारे ३ दलको भेटघाट

tillotmacitynews - 2022 Feb 02 02:56 PM
IMG

२०७८ माघ १९, तिलोत्तमा सिटी।  प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान झन्डै एक घण्टा कुराकानी भएको छलफलमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।


प्रधानमन्त्रीले अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता छिटो संसदबाट पारित गर्ने विषयमा प्रचण्ड र नेपाललाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । जवाफमा प्रचण्ड र नेपालले एमसीसी सम्झौतामा रहेका केही विषयमा प्रष्ट पारेर मात्रै पारित गर्नुपर्ने अडान दोहोर्‍याउनुभएकाे मन्त्री कार्कीले जानकारी दिनुभयो ।यस्तै देउवाले मङ्गलवार निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर स्थानीय तह चुनावको मिति तोक्नेबारे भएको छलफलका बारेमा पनि जानकारी गराउनुभएको थियो । यस अघि पनि यी ३ नेताहरुबीच एमसिसि सम्बन्धि छलफल भएको थियो।

कमेन्ट गर्नुहोस्