
२०७८ माघ १९, तिलोत्तमा सिटी। बागलुङका अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ तत्कालिन धौलागिरि शाखाका संस्थापक अध्यक्ष विदुर खडकाको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगले ग्रस्त खड्काको उपचारको क्रममा मंगलबार विहान ७९ बर्षको उमेरमा निधन भएको हो । उहाँले २०२२ सालमा गोरखापत्र दैनिकका जिल्ला समाचारदाताको रुपमा काम गर्नुभएको थियो ।
खड्काले २०२८ सालमा बागलुङमा धौलाश्री साप्ताहिकको सुरुवात गर्नुभएको थियो । छापा माध्यमबाट पत्रकारिताको प्रारम्भ गर्नुभएको खड्काले नयाँ प्रविधिलाई पछ्याउँदै उहाँ अहिले धौलाश्री अनलाईनको प्रधान सम्पादक हुनुहुन्थ्यो ।तत्कालिन राजाको प्रत्यक्ष शासनकालमा खडका एक पटक मनोनित बागलुङ नगरपालिका प्रमुख र सोही समयमा भएको निर्वाचनमा निर्विरोध नगरप्रमुख बन्नुभएको थियो । पत्रकार महासंघको संस्थापक अध्यक्षको निधनप्रति नेपाल पत्रकार महासंघ बागलुङ शाखाले दुःख व्यक्त गरेको छ ।
कमेन्ट गर्नुहोस्