लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्रै

IMG

२०७८ माघ १८, तिलोत्तमा सिटी। आईपीएल को १५औं संस्करणमा नेपालबाट राष्ट्रिय टिमका कप्तानसमेत रहेका सन्दीप लामिछानेको मात्र अक्सन हुने भएको छ ।भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बीसीसीआई)ले मंगलबार सार्वजनिक गरेको अक्सनमा परेका खेलाडीको सूचीमा नेपालबाट लामिछाने मात्र परेका हुन् । नेपालबाट अक्सनका लागि लामिछानेसहित करण केसी, विनोद भण्डारी, शरद भेषावकर, सोमपाल कामीलगायत १५ खेलाडीले नाम दर्ता गराएका थिए ।अक्सनबाट लामिछानेलाई कुनै टिमले भित्र्याउन चाहे ४० लाख भारतीय रुपैयाँमा लिन सक्नेछन् ।


कमेन्ट गर्नुहोस्