लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हराएकी सैनामैनाकी जित कुमारी,तिनाउमा मृत फेला

IMG

तिलोत्तमा सिटी,माघ १३ गते २०७८।  तिनाउ नदिमा भेटिएको महिलाको शवको सनाखत भएको छ । बुधबार साँझ रुपन्देहीसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकामा भेटिएको उक्त शव रुपन्देहीको सैनामैनाकी जित कुमारी कार्कीको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।तिनाउ –३ मा रहेको विद्युत गृहको ड्याम नजिक तिनाउ नदि बीचमा भेटिएको उक्त शव सैनामैना –३ की ७८ वर्षीयाा कार्कीको भन्दै उनका छोरा चक्र बहादुर कार्कीले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता लक्ष्मण पचभैयाले जानकारी गराए ।मृत कार्की गत ७ गते बिहान घरबाट मर्निङ वाल्कमा निस्केको भन्ने बुभिएको बताउँदै शव बिहीबार छोराले बुझेको उनले बताए ।

कमेन्ट गर्नुहोस्