
२०७८ माघ ११, तिलोत्तमा सिटी।छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्यामा केहि कमि आउन लागेको छ। मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएका छन् । अघिल्लो दिन सोमबार विहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ सङ्क्रमित भएका थिए । आइतबारको तुलनामा सोमबार दैनिक सङ्क्रमितहरुको सङ्ख्या २७ हजार ४६९ ले घटेको थियो ।
भारतमा अहिले कोरानाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २२ लाख ३६ हजार ८४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६७ हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिले एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी देखिएको छ । यसले गर्दा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस्