
२०७८ माघ १०, तिलोत्तमा सिटी। फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेनले रुेम्सलाई घरेलु मैदानमै ४–० गोलले हराएको छ। पीएसजीले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको थियो । पीएसजीको जितमा मार्को भेराट्टीले ४४औँ मिनेटमा खाता खोल्नुभयो । ६२औँ मिनेटमा सर्जियो रामोसले गोल गर्दा पीएसजी अग्रता दोब्बर बनाउनुभयो । मार्को भेरार्टीले ६७औँ र डानिलोले ७५औँ मिनेटमा गोल गर्दै पीएसजीलाई सानदार जित दिलाउनुभयो ।
जितसँगै शीर्षटोली पीएसजीले २२ खेलबाछ ५३ अंक बनाएको छ । पराजित रेम्स २४ अंक सहित १४औँ स्थानमा छ । दोस्रोदोस्रो स्थानमा रहेको निसको ४२ अंक छ । आइतबार रातिनै भएको खेलमा निसले मेट्जलाई २–० गोलले हराएको थियो । पराजित मेट्ज १९ अंक सहित १८औँ स्थानमा छ ।
कमेन्ट गर्नुहोस्