लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मौरिससको टिम दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आईपुग्यो

IMG

२०७८ माघ १०, तिलोत्तमा सिटी। मौरिससको टिम दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आईपुगेको छ । अखिल नेपाल फुटबल संघका उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ । खेल हुने समय भने बताइएको छैन । दर्शकको विषयमा एन्फाले कुनै धारणा बनाएको छैन । पछिल्लो समय कोभिड–१९ को संक्रमण उच्च बन्दै गएपछि सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागु गरेकाे छ ।


यस्तै, सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । हाल नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रारम्भिक प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् ।जसमा ९ खेलाडीले पहिलो पटक अवसर पाएका छन् ।


कमेन्ट गर्नुहोस्