लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पतालबीच सेवा सम्झौता

IMG

तिलोत्तमा सिटी,माघ ९ गते २०७८। कोरोनासङ्क्रमित पत्रकारहरुका लागि सहजरुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबिच सम्झौता भएको छ।आईतवार अस्पताल परिषरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ईन्द्र ढकाल र पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलका बिचमा उपचार सम्झौता भएको थियो।सम्झौता अनुसार पत्रकारहरुलाई मात्र पि.सि.आर परिक्षण निशुल्क गर्ने , कोरोना सङ्क्रमित एचडियु वेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा १ वेड निशुल्क उपलब्ध गराउने, कोरोना सङ्क्रमित आईशियु बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा १ वेड निशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा महासंघको सिफारिसकै आधारमा निशुल्क परामर्श सेवा उपलब्ध गराउने उल्लेख छ।


सम्झौता कार्यक्रममा बोल्दै अस्पतालका मेसु डा ढकालले नागरिकलाई सुसुचित गराउने सन्दर्भमा फ्रन्टलाइनमा खटिई कार्य गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई तेश्रो लहरको बेला सहज र प्रथमिकताका साथ उपचार प्रबन्ध मिलाईदिन महासंघको पत्रअनुसार अस्पतालको निर्णयपछी सेवा व्यवस्थापन गरिएको बताए ।उनले आफ्नो कार्यकालमा पत्रकारहरुको लागि अन्य समयमा पनि कार्यान्वयन हुने खालको योजना बनाएर सम्झौता गरिने आश्वासन समेत दिएका थिए। धन्यवाद ज्ञापन गर्दै नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलले अस्पतालबाट आगामी दिनमा पनि थप सुबिधा पाईनेमा आशा ब्यक्त गरेका थिए ।उनले महासंघले सधै पत्रकारको हित र रक्षाको क्षेत्रमा काम गर्ने बताएका थिए ।कार्यक्रममा महासंघ अध्यक्ष पोखरेल सहित उपाध्यक्षद्वय विश्वास ढकाल, अमृता अनमोल, कोषाध्यक्ष सञ्जय सौगात, कार्यक्रम समिती सदस्य प्रदीप आचार्य तथा साधारण सदस्यहरुको सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्