
तिलोत्तमा सिटी,माघ ९ गते २०७८। जबरजस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले २ युवालाई लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भाष्कर चन्दका अनुसार हिजो करिब साढे ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ को पिपरा बस्ने २० वर्षिय गणेश यादव र सोही ठाउ बस्ने २६ वर्षिय सुवास यादवले २२ वर्षिय परिवर्तित नाम २०७८ (र) र १९ बर्षिय परिवर्तित नाम २०७८ (स) लाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
दुई महिलालाई जवरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त भए पछि ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको टोलीले महिलाहरुको उद्दार गरेको थियो । प्रहरी घटनामा संलग्न भएको भन्दै गणेश यादवलाई तत्काल र अर्का अभियुक्त सुवास यादवलाई राती करिब साढे ११ बजे लुम्बिनी सांस्कृतिक नगरपालिकाको महजिदियाबाट पक्राउ गरिएको चन्दले बताए ।उनिहरुलाइ पक्राउ गरि रुपन्देही जिल्ला अदालतबाट जरुरी पक्राय पूर्जि स्विकृत गराई अन्य आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्