लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अफ्रिकी टोली मरिसस सोमबार काठमाडौँ आउँदै

IMG

२०७८ माघ ९, तिलोत्तमा सिटी। नेपालसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न शनिबार निस्किएको मोरिसस टोली सोमबार विहान ११ः१५ बजे काठमाडौँ आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।नेपाल र मोरिससबीचको मैत्रीपूर्ण खेल माघ १५ र १८ गते दशरथ रंगशालामा हुनेछ । मोरिसससँगको खेलमा लागि नेपाली टोली अहिले प्रशिक्षणमा ब्यस्त छ । प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेत समावेश गरि ३५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको छ ।


प्रशिक्षणमा रहेका खेलाडीबाट केही दिनमै अन्तिम टोलीको घोषणा गरिने बताईएको छ । नेपाल र मोरिससबीचको दुवै खेललाई विश्व फुटबल महासंघ (फिफा) ले अन्तर्राष्ट्रिय ‘म्याच क्यालेन्डर’मा समावेश गर्ने समेत एन्फाले जनाएको छ । अफ्रिकी देश मोरिसस फिफा वरियतामा एक सय ७२औँ स्थानमा छ । नेपाल एक सय ६९औँ स्थानमा छ ।नेपालले यसअघि माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको तयारीका लागि गत भदौमा दशरथ रंगशालामा भारतसँग दुई वटा मूत्रीपूर्ण फुटबल खेलेको थियो । पहिलो खेलमा भारतलाई १–१ गोलको बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा भारतसँग २–१ गोलले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्