लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शीतलहरले रुपन्देहीको जनजीवन प्रभावित

IMG

तिलोत्तमा सिटी,माघ ६ गते २०७८।  केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्याधिक जाडो बढन थालेपछि कलैयाका जनजीवन प्रभावित बनेको छ । गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ ।


ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कँदा हाटबजार, सरकारी कार्यालय, यातायात समेतमा चलहपहल कम देखिएको छ । यही माघ १५ गतेसम्म विद्यालय कोभिडका कारण बन्द हुने जनाइएको छ ।अत्यधिक जाडो बढेपछि सर्वसधारणले ठाउँठाउँमा आगो बालेर जाडो छल्ने गरेका छन्। अहिलेसम्म जाडोका कारण जिल्लामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। प्रसासनले जाडोको समयमा अनावश्यक कामले बाहिर ननिस्कन र आवश्यक परे जाडो बाट बच्ने उपाय अपनाएर निस्कन आग्रह गर्दै सचेत बन्न आग्रह गरेको छ। 

कमेन्ट गर्नुहोस्