लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कतारमा काम गर्ने विदेशीले ११ डलरमै विश्वकप हेर्न पाउने

IMG

तिलोत्तमा सिटी,माघ ५ गते २०७८। कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताका लागि टिकट बेच्न शुरु गरिएको छ । बुधबारदेखि ‘कतार वर्ल्ड कप’को टिकेट बिक्री गर्न थालिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।कोभिड-१९ लाई लिएर चिन्ता जारी रहेका बेला मूल्य घटाएर विश्वकप फुटबल प्रतियोगिताको टिकेट बेच्न थालिएको हो । बुधबार जारी गरिएको टिकट दर अनुसार कतारका बासिन्दा र विदेशी कामदारले ११ अमेरिकी डलरमा रंगशालामा गएर विश्वकप फुटबल हेर्न पाउनेछन् । फिफाले कतारी नागरिक र विदेशी कामदारको हकमा एक खेलका लागि टिकेटको न्यूनतम मूल्य ११ अमेरिकी डलर तोकेको हो ।तर फिफाले अन्तर्राष्ट्रिय दर्शकको हकमा हरेक खेलका लागि टिकटको न्यूनतम मूल्य ६९ डलर निर्धारण गरेको छ ।


जुन दर सन् २०१८ को विश्वकपमा तोकिएको भन्दा एकतिहाइले कम हो ।बाहिरबाट आउने दर्शकका लागि फाइनल खेलको टिकट मूल्य भने १ हजार ६०७ डलरसम्म पुग्न सक्ने समाचारमा उल्लेख छ । तर अधिकारीहरुले अरब मुलुकमा हुन लागेको पहिलो विश्वकपमा रंगशालाभित्र प्रवेश दिइने दर्शकको संख्या भने उल्लेख गरेका छैनन् ।टिकटका विभिन्न प्याकेजका लागि फेब्रुअरी ८ गतेभित्र आवेदन दिन सकिने जनाइएको छ । ‘र्‍यानडम ड्र’ बाट छानिएका व्यक्तिलाई मार्च ८ गतेसम्म यसबारे जानकारी गराइने छ ।आगामी विश्वकप कतारका विभिन्न ८ वटा रंगशालामा हुँदैछ । प्रतियोगिता हेर्न झण्डै १२ लाख मानिस आउनसक्ने अनुमान छ ।कोभिड परीक्षणसम्बन्धी जानकारी समेटिएको हाया कार्ड नामक विशेष पास देखाएपछि मात्रै दर्शकले रंगशाला प्रवेश गर्न पाउनेछन् । सबै खेलाडी, अफिसियल र फ्यानले कतारी अधिकारीले जारी गरेको यात्रासम्बन्धी सुझाव पालना गर्नुपर्ने समेत फिफाले बताएको छ ।

कमेन्ट गर्नुहोस्