
२०७८ माघ ४,तिलोत्तमा सिटी। अन्तर्राष्ट्रिय खेलको ब्रेकअघि शहीद स्मारक ए डिभिजन लिगको अन्तिम चरण अर्थात नवौं चरणलाई कोभिड-१९ ले प्रभावित भयो ।नवौं चरणका ६ खेल सम्पन्न हुँदा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल च्यासलका १९ खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि हुन सकेन।आइतबार तय भएको यस खेल लिग कमिटीले मेडिकल कमिटीसँगको सल्लाहमा स्थगित गरेको छ । साथै अर्को उपयुक्त मिति तय गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
‘म्याच विक नाइन’मा सबैभन्दा ठूलो विशेषता खेलाडीमा कोभिड देखिनु नै बन्यो । यसअघि कुनै पनि चरणमा आधिकारिक रुपमा कोभिड संक्रमण भएको तथ्य बाहिर आएको थिएन । यस्तै लिग लिडर मछिन्द्रका मनिष डाँगीलाई पनि कोभिड संक्रमण भएको ब्रिगेडसँगको खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले बताए ।
नवौं चरणमा ७ मध्ये ६ खेल भए । खेलाडीमा कोभिड देखिनुबाहेक पनि यो चरणका अन्य धेरै विशेषता छन् । साविक विजेता मछिन्द्रले अंक दूरी बढाउँदै उपाधि होड मजबुत बनाउनेदेखि मनाङ मर्स्याङ्दी नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुनेसम्मको नतिजा बयो ।यस्तै लगातार ८ खेलमा अपराजित संकटा क्लब पनि नवौं चरणमा आएर पराजित भयो । फ्रेण्ड्स क्लबले भने अहिलेसम्म एक खेल पनि जित्न सकेन ।
कमेन्ट गर्नुहोस्