
२०७८ माघ ४,तिलोत्तमा सिटी। बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ ।जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमवारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो । साथै उनीहरूलाई जनही पाँच/पाँच हजार रुपैयाँ जरिबानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।उहाँका अनुसार गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिबानाको फैसला भएको छ । दुई जनाको नाम भने खुलाइएको छैन।प्रहरीले गएकाे असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो ।
कमेन्ट गर्नुहोस्