लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुलबाट खसेर एक जनाको मृत्यु

IMG

 २०७८ माघ ४,तिलोत्तमा सिटी। कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्युु भएको छ । सोमबार साँझ गोदावरीको काठे पुलमा फोटो खिच्ने क्रममा खसेर गम्भीर घाइते भएका अछामका ३९ वर्षीय रुपराज भाटको मृत्युु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पुलबाट खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनकाअनुसार काम विशेषले अछामबाट कोहलपुर गएका भाट पुलमा फोटो खिच्ने क्रममा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले भाटको उद्दार गरेर उपचारका लागि प्रादेशिक अस्पताल पुगाएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।भाटको मृत्युु प्रकरणबारे थप अनुसन्धान भइरहेको बताउँदै डीएसपी जोशीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको जानकारी दिए । ‘नेपालगञ्जबाट अछाम जानुपर्ने मान्छे बीचबाटोमै के-कति कारणले उत्रिए ? उनीसँग अरु को-को मानिस थिए ? भन्ने  विषयमा हामी अनुसन्धान गरिरहेका छौँ,’ जोशीले भने ।

कमेन्ट गर्नुहोस्