लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आजदेखि श्रम स्वीकृति अनलाइनबाट मात्रै दिइने

IMG

२०७८ माघ २, तिलोत्तमा सिटी। वैदेशिक रोजगारीमा जानकाे लागि चाहिने पुन: श्रम स्वीकृति आजदेखि अनलाइनबाट मात्रै लिन मिल्ने भएकाे छ ।

काठमाण्डाैकाे ताहाचलमा रहेकाे वैदेशिक राेजगार कार्यालयले आजदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जनाएकाे हाे ।२०७७ साल पुसबाट भौतिक उपस्थिति र अनलाइन  दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुन लागेकाे हाे ।


श्रम स्वीकृतिलाई 'फेसलेस', 'पेपरलेस' र 'क्यासलेस' बनाइ छिटो, छरितो र  पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयले जारी गरेकाे सूचनामा उल्लेख छ ।याेसँगै अब पुन: श्रम स्वीकृतिकाे काम वैदेशिक राेजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएस मार्फत अनलाइनबाट मात्रै  हुने वैदेशिक राेजगार कार्यालयले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्