
तिलोत्तमा सिटी,३०पौष २०७८। खेलकुद शिक्षक÷प्रशिक्षकहरुको क्षमता विकास गराउने उदेश्यका साथ बुटवलमा २ दिने प्रशिक्षण भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा देविनगरस्थित नवीन औधोगिक माविमा २ दिने प्रशिक्षण विहिबारबाट शुरु भएको हो । बुटवल उपमहानगरपालिका भित्रका सामुदायिक र निजि विद्यालयमा खेलकुद प्रशिक्षण गराउने प्रशिक्षकहरुलाई लक्षित गरि तालिम दिईएको हो । तालिममा कबड्डी, मार्शल आर्ट, भलिबल, एथलेटिक्स र क्रिकेट खेलको बारेमा प्रशिक्षकहरुले खेलमैदान, अन्तर्राष्ट्रिय खेल नियमका नया मापदण्डका बारेमा प्रशिक्षण गराएका छन । तालिममा वरिष्ठ प्रशिक्षक मोहन घले, भलिबल प्रशिक्षक अर्जुन घिमिरे, मार्शल आर्ट र कबड्डी खेल प्रशिक्षक उमेश थापा र क्रिकेट खेल गंगाराम सुनारले प्रशिक्षण दिएको संयोजक प्रेम बस्नेतले बताए । तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको तयारी स्वरुप प्रशिक्षकहरुलाई तालिम दिईएको उनले बताए । तालिममा बुटवलका सामुदायिक तथा निजि विद्यालयका ३२ जना शिक्षक÷प्रशिक्षक सहभागी छन ।
कमेन्ट गर्नुहोस्