लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्री कप क्रिकेटमा पहिलो जित कर्णाली प्रदेशको

IMG

२०७८,पुष २७, तिलोत्तमा सिटी। प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश एकलाई हराएको छ ।काठमाण्डौको मूलपानी क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा कर्णालीले प्रदेश एकलाई ३१ रनले हराउँदै पहिलो जित निकालेको हो । यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनले पराजित भएको थियो ।


आजको खेलमा कर्णालीले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश एक १७ ओभर ५ बलमा ८९ रनमा अलआउट भयो । प्रदेश एकका लागि फिर्दोश अन्सारीले सर्वाधिक २३ रन जोडे।कर्णालीका अनुज चुनाराले ४, दिवान पुनले दुई तथा दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुँवरले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनायो ।


कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३६ तथा प्रकाश जैसीले २५ रन जोडे । प्रदेश १ का मुकुन्द यादवले तीन, फिर्दोस अन्सारीले दुई तथा कमल खत्री र सिद्धान्त लोहनीले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्