
२०७८ पुष २७, तिलोत्तमा सिटी। भारतीय प्रधान मन्त्री नरेन्द्र मोधीले लिपुलेक सडकको विस्तार कार्य निरन्तर भैरहेको बताएका छन् । भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताएका हुन् ।मोदीले विगतका भारत सराकारले यो कार्यलाई वास्ता नगरेको भन्दै आफुले तीव्रता दिएको बताएका थिए । भारतले नेपाली भूमि हुँदै सडक निर्माण गरेको भन्दै नेपालको यस अघिको केपी शर्मा ओलीको सरकारले आपत्ति जनाइसकेको थियो । त्यसमा भारतले कुनै प्रतिक्रिया नजनाई आफ्नो सडक विस्तारलाई निरन्तरता दिएको छ । उक्त क्षेत्रमा सडक विस्तार कार्य जारी राखेको छ । मोदीले सडक विस्तारको कामलाई अझै छिटो गर्ने बताएका छन् ।
कमेन्ट गर्नुहोस्