
तिलोत्तमा सिटी,२५ पौष २०७८। उजिरसिह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ शुरु भएको छ । युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ शनिबार एक समारोहका बिच बुटवल क्रिकेट विकास समितिका सदस्य गंगाराम सुनार र बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेलले एम्पायरलाई बल हस्तान्तरण गरि खेल शुरुवात गरेका छन । बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति रुपन्देही क्रिकेट संघको सहयोगमा बुटवल नरेश्वर क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा बुटवल ११ क्रिकेट क्लब विजयी भएको छ । बुटवल ११ ले बेष्ट्रन क्रिकेट क्लब देविनगरलाई ६० रनले पराजित गरेको हो ।
कमेन्ट गर्नुहोस्