लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पेटको उपचारका लागि दिसा दान ! नयाँ ट्रेण्ड चल्दै

IMG

२०७८,पुष २५,तिलोत्तमा सिटी।  मानवताको हिसाबले मानिसहरू आफ्नो शरीरका अंगहरू र मरिसकेपछि पूरै शरीर दान गर्नसमेत तयार हुन्छन् । रक्तदान, नेत्रदान, अंगदान जस्ता दानहरूपछि अब नयाँ खालको दानको ट्रेण्ड सुरु भएको छ जसलाई दिसादान अर्थात् ‘पू डोनेसन’ भनिन्छ ।आखिर के त्यस्तो आइलागेको हो, जसका कारण मानिसहरूलाई आफ्नो दिसासमेत दान गर्नुपरिरहेको छ ?वास्तवमा मानिसको दिसा दानको माग यसकारण बढिरहेको छ कि दिसालाई पेट सम्बन्धी रोगको उपचारमा प्रयोग गर्न सकिँदो रहेछ ।


अष्ट्रेलियाको एडिलेडस्थित बायोम बैंकका सिएमओ सेम कोस्टेलो तथा प्रमुख कार्यकारी अधिकृत थोमस मिसेल यस्तै स्वस्थ मानिसहरूको खोजी गरिरहेका छन् जो सँग गुणस्तरीय दिसा होस् । डाक्टरद्वारा चेकजाँच गरिएपछि मात्र दिसा दानका लागि स्वीकृति दिइन्छ । दिसा दान गर्न चाहने मानिसहरूका लागि ८ हप्ताको कार्य क्रम तय गरिन्छ ।


दिसा दानमा सहभागी हुने दानीहरूलाई Good Poo Doners तथा युनिकर्न पनि भन्ने गरिएको छ ।दान गरिएको उच्च गुणस्तरीय दिसाबाट पेट सम्बन्धी विभिन्न समस्या भएका विरामीको पेटको प्रभावकारी उपचार गर्न सकिने दाबी गरिएको छ । यतिमात्र नभई दान गरिएको दिसाबाट डिजाइनर गट ब्याक्टेरिया तयार गरिन्छ जसले मानिसहरुका पेट सम्बन्धी समस्यालाई दूर गर्दछ ।


दान गरिएको गुणस्तरीय दिसाबाट मानिसहरुले दिसा प्रत्यारोपण अर्थात् फिकल ट्रान्सप्लान्टेसन पनि गराउने गरेका छन् । यो नयाँ ट्रेण्डका कारण मानिसहरुको पेटमा हुने सुक्ष्मजीव अर्थात् ह्युम माइक्रोबायोमका बारेमा नयाँ अध्ययन हुन पाएको छ ।पेटमा हुने माइक्रोब्सले केवल खाने तथा पचाउने काम मात्र गर्दैनन् मानिसको मूड ठीक राख्ने काम पनि गर्दछन् । साथै मानिसको रोग प्रतिरोधी क्षमता बढाउने, शारीरिक तथा मानसिक तरिकाबाट स्वस्थ राख्नमा मद्दत गर्दछन् ।

कमेन्ट गर्नुहोस्