लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोभिडविरुद्ध लड्दा अर्थतन्त्र प्रभावित नहुने नीति लिनुपर्छ : अर्थसचिव

IMG

२०७८,पुष २५,तिलोत्तमा सिटी। अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले कोभिड-१९ विरुद्धको लडाइमा अर्थतन्त्रमा प्रभाव नपर्ने गरी नीति लिनुपर्ने बताएका छन् ।आइतबार सार्वजनिक लेखा समितिमा बोल्दै सचिव मरासिनीले अर्थतन्त्र मुलुकको लाइफलाइन भएको भन्दै यसलाई सकेसम्म कम प्रभावित हुने गरी नीति लिनुपर्ने बताए । यसो गर्न सकिए चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुनसक्ने उनको भनाइ छ ।


‘कोभिडको तेस्रो भेरियन्ट आउने देखिएको छ, सँगै अर्थतन्त्र पनि सही दिशामा आइरहेको छ, यो कायम राख्न कम्तीमा आर्थिक गतिविधि असर नपरोस् भन्नेमा सचेत हुनुपर्छ,’ उनले भने ।पुस महिना लागेपछि पुँजीगत खर्चले गति लिन थालेको भन्दै उनले माघमा यस्तो खर्च अझै बढ्ने बताए । अर्थतन्त्र धरापमा नपरोस् भन्नेमा सरकार सचेत रहेको भन्दै उनले समस्या हल हुने गरी नीतिहरु लिइरहेको बताए । ‘यसको प्रभाव कतिपय देखिन थालेको छ, कतिपय अलि दीर्घकालमा देखिन्छ,’ उनले भने ।


पछिल्लो नीतिका कारण चाँदी आयात कम भएको जानकारी गराउँदै उनले सुन ल्याउन विमानस्थलमा कडाइ गरिएको जानकारी पनि दिए । यही कडाइका कारण कर नतिरी आएको १५५ किलो सुन विमानस्थलबाट जफत भएको छ ।उनका अनुसार यसको बजार मूल्य १ अर्ब २२ करोड हुन्छ र यसका माध्यमबाट सरकारले १४ करोड ७० लाख रुपैयाँ राजस्व उठाएको छ ।

कमेन्ट गर्नुहोस्