लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रतिनिधि सभाको बैठक स्थगित

IMG

२०७८ पुष २१, तिलोत्तमा सिटी। भोलि बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । अर्को बैठक यही पुस २८ गते बुधवार बस्नेछ ।सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आज बुधवार सूचना निकालेर बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने जानकारी गराउनुभएको हो । ‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम (६) को उपनियम (३) बमोजिम प्रतिनिधि सभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ’ , सूचनामा भनिएकाे छ ।यसअघि पुस १८ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो । 

कमेन्ट गर्नुहोस्