लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई नेपाल दिवसको रुपमा मनाउन सरकारसँग माग

IMG

२०७८ पुष २०, तिलोत्तमा सिटी।  विवेशकील साझा पार्टीले पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई नेपाल दिवसको रुपमा मनाउन सरकारसँग माग गरेको छ ।विदेशमा विशिष्ट महत्त्वको दिनमा राष्ट्रिय दिवस मनाइने प्रचलन रहेको उल्लेख गर्दै साझाले नेपालमा पनि पृथ्वी जयन्तीलाई नेपाल दिवस घोषणा गर्न माग गरेको हो । ‘राष्ट्रिय एकता दिवसका दिन नेपाल दिवस घोषणा गरी सार्वजनिक बिदा दिइयोस्,’ प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्ति उल्लेख छ ।साथै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न पनि माग गरेको छ ।पृथ्वी जयन्तीको अवसरमा साझाले यही पुस २७ गतेदेखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ गर्ने घोषणासमेत गरेको छ ।


कमेन्ट गर्नुहोस्