लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मुद्रा र देशको गतिशील अर्थतन्त्र: बिक्रम थापा

tillotmacitynews - 2022 Jan 04 10:44 PM
IMG

- बिक्रम थापा (हाल दक्षिण कोरिया ) 

तिलोत्तमा सिटी,२० पौष २०७८। मुद्रा यस्तो बस्तु हो जसबाट समान खरिद गर्न तथा विदेशी मुद्रासँग साट्न प्रयोग गरिन्छ।हामी मानव जातिको मानवीय मूल्य र मान्यता भएजस्तै मुद्राले  पनि आफ्नै महत्त्व र पहिचान बोकेको छ। प्राचिन समयमा विनिमयको साधन धान, गेडागुडीदेखि कौडी,फलाम,पितल,चाँदी,हिरामोति जस्ता कुराहरु हुने गर्दथे।समयको अन्तरालसँगै सिक्काको आविष्कार भयो।क्रमश नोटमा परिणत भएर आधिकारिक मुद्राको स्थान पायो।


विक्रम संवत् २०४० को दशकतिर पाँच पैसा,दश पैसाको ठूलो महत्त्व हुने गर्दथ्यो।त्यही सानो परिमाणको पैसाले पिपलगेडी मिठाई खरिद गर्न सकिन्थ्यो।समयसँगै हरेक चिजको मूल्य बढ्दै गयो।धेरै पैसाले थोरै चिज आउन थाल्यो।मुद्राको महत्त्व घट्नु राष्ट्रलाई कत्तिको हानिकारक हो।यसले भविष्यमा कस्तो नतिजा ल्याउन सक्ला।दक्षिण कोरियामा कुनै समय मुद्राको गिरावटले आर्थिक महासंकट परेको थियो।आज यहि आर्थिक संकटको नालिवेली दक्षिण  कोरियाको इतिहासको पानाबाट।


सन १९५०को दशकको कोरिया

सन १९५० मा उत्तर कोरिया र दक्षिण कोरियाको घमासान युद्ध भएको थियो।यो युद्धले दुबै कोरिया तहसनहस भएका थिए।जमिन रगताम्य भएर बन्जर भएको थियो।आम्दानीको श्रोत नभएको देशमा पैसाको संकट पर्ने नै भयो।पैसा नभएपछी भोकमरी लाग्यो।अमेरिकाले गहुँको पिठो,चिनी अनुदानमा दिएको थियो। दक्षिण कोरियाका जनताले त्यसैमा गुजरा चलाउन परेको थियो।


सन १९६०को दशकको कोरिया 

 सन १९६१ मा दोश्रो नयाँ राष्ट्रपति बने।उनले देशमा विकास गर्ने भनेर पञ्चवर्षीय योजना लागु गरे। पञ्चवर्षीय योजनाको जग बसालेका राष्ट्रपतिको कार्यकाल समाप्त पछि अर्को राष्ट्रपति फाकचङ ही भन्ने कुर्सीमा बसे।राष्ट्रको ढुकुटीमा पैसा नभएकोले फाक चङ राष्ट्रपतिले अमेरिका तथा जापानसँग ऋण मागे आम्दानीको श्रोत नभएको भनेर ऋण दिन इन्कार गरे।तत्पश्चात  यी राष्ट्रपतिले देशका कर्मठ युवा तथा युवतीलाई विदेशमा काम गर्न पठाउने योजना बनाए।जस अनुसार सन १९६३ मा  जर्मनीको कोइलाखानीमा युवा,नर्सको रुपमा युवतीलाई पठाए।कोरियन नागरिकले जर्मनिमा पसिना बगाएर कमाएको पैसाको  रेमिटान्सले राज्यको ढुकुटीमा केहि पैसा जम्मा हुन थाल्यो। त्यही रेमिटेन्सको पैसाले देशमा विकासको पहिलो जग बसालियो।


सन १९७० को  दशक कामदारको रुपमा  विदेश जान रोक,स्वदेशमै रोजगार उपलब्ध 

 दुरदर्शी फाकचङ ही राष्ट्रपतिले शहरमा उद्योग खोले। आफ्नै देशमा प्रख्यात सामसङ,किया,हुन्डाई तथा फलाम,सिमेन्ट कारखाना स्थापना गर्न सफल भए।जनताले सजिलोसँग रोजगार पाए।साथसाथै जनताहरु खुब शिक्षित हुँदै गए।कोरियाका राष्ट्रपतिको त्यो लगन र मेहनतले सन १९७९ सम्म कोरियामा भएको बेरोजगारी समस्यालाई न्यूनीकरण गरेर २ प्रतिशतमा झार्न सफल भए।रोजगारको लागि विदेश जान नपर्ने दिन ल्याउन सफल भए।पसिना बगाउन विदेश गएका जनतालाई  पनि फिर्ता बोलाइयो।विदेशीने क्रम रोकियो।सन १९८६  मा एसियन गेम तथा सन १९८८ मा ओलम्पिक खेल समेत कोरियामा हुन पुग्यो।यहि मौकामा अन्तर्राष्ट्रिय खेलमैदानहरु बनाउने अवसर मिल्यो।राज्यको ढुकुटी पैसाले भरियो।द्रुतगतिमा विकास र समृद्ध बन्दै गएको कोरियामा विदेशी को नजर कोरियामा पर्न गयो।


सन १९६० को दशकमा ऋण दिन नमानेको अमेरिकाले पनि अब ऋण दिन तयार भयो।बिस्तारै अन्तर्राष्ट्रिय बैंकहरु कोरियामा स्थापना गर्न इच्छुक देखिए।राज्यको कानुनको पालना गरेमा र  मुनाफा कोरियाकै उत्पादनमुलक क्षेत्रमा लगानी गरेमा विदेशी बैंक पनि स्थापना गर्न दिने सर्त राखियो। विदेशी बैंक मञ्जुर भए।जसको कारण विदेशी लगानिकर्ताहरु कोरिया आएर ठुलाठुला कारखाना खोल्ने अवसर पाए।कोरियाले मोबाइल तथा हरेक इलेक्ट्रोनिक समानमा लाग्ने सेमिकन्डक्टर,साना साना चिप उत्पादन गरेर विदेश निर्यात गर्न थाल्यो।समयको अन्तरालसँगै कोरिया सन १९९३ सम्ममा सन्सारको ११ औँ नम्बरको निर्यात गर्ने देश बन्न पुग्यो।वार्षिक प्रतिव्यक्ति आय दश हजार अमेरिकी डलर हुन पुग्यो।देशका जनता शिक्षित र समृद्ध भए।यसैको कारण ओइसिडि (OECD)मा दर्ता हुन सफल भयो।हेर्दाहेर्दै विकसित राष्ट्रको सुचिमा पर्न सफल भयो। सन्सारका विकसित  देशहरुले कोरिया आत्मनिर्भर भएको देखेर शिर झुकाए।


अचानक कोरियामा आर्थिक महासंकट (सन १९९७)

भनिन्छ समयको चक्र कहिले तल पर्छ त कहिले माथी।

सन १९९६ सम्म प्रगती गरिरहेको कोरिया अचानक आर्थिक मन्दीको चपेटामा पर्न पुग्यो।अमेरिकाले सस्तो व्याजदरमा ऋण दिँदै आएको थियो।तर अचानक अमेरिकामा शेयर बजारको धड्कन रोकिन थाल्यो।यस्तो भएपछी सस्तो व्याजदरमा दिएको ऋण तत्काल व्याज महँगो बनाएर अमेरिकाले आफ्नो अर्थतन्त्र बचाउन थाल्यो।जसलेगर्दा डलरसँग सिधा सम्पर्क भएको कोरिया संकटमा पर्‍यो। सन १९९६ सम्म अमेरिकी एक डलरको कोरियन विनिमय दर आठ सय वन थियो।सन १९९७ मा अमेरिकाले डलरको महत्त्व बढाउन लगायो।अनि कोरियाले  एक डलर बराबर चौध सय वन तिर्नु पर्‍यो।बिस्तारै ९ महिना भित्रमा एक डलर बराबर दुई हजार वन हुन पुग्यो।यस्तो भएपछी कोरियन मुद्राको महत्त्व घटेर गयो।कोरियाको मुद्रा सारा अमेरिका बाहिरियो।अमेरिकाको एक डलर मजबुत हुन पुग्यो।यस्तो भएपछि कोरियामा भएका उद्यमीहरु मर्कामा पर्न थाले।यसको असर जापानको मुद्रा पनि परेको थियो।


तर जापानले आफ्नो देशमा बनेको समान मूल्य बढाएर भएपनी अर्थतन्त्र र मुद्राको महत्त्व बचाइरह्यो।उत्पादनमा अगाडि रहेको जापानले आफ्नो देशको समान पुर्णरुपमा निर्यात गरिरह्यो। यस्तो भएपछी कोरियामा बनेको समानले स्थान पाएन।कोरियामा बनेको समान महँगोको कुरा त टाढाको भयो।सस्तोमा निर्यात गर्न खोज्दा पनि सफल हुन सकेन। हरेक कारखानाबाट उत्पादित समानहरु कोरियामै भण्डार हुन थाले।निर्यात रोकियो।कोरियामा स्थापित वित्तीय संस्था,कारखाना  अस्ताउन थाले।बैकले लोन दिन बन्द गरे।पुँजीपतिहरु बैंकमा जम्मा भएको रकम निकालेर पलायन हुन थाले।कोरियामा  बेरोजगारी सिर्जना भयो।देशले फेरि ऋणको भारी बोक्नु पर्‍यो।अन्त्यमा  आइयमएफ(IMF)लाई गुहार्नु पर्‍यो।आइ.एम.एफ. बाट ऋण लिनु पर्ने अवस्था आइलाग्यो।आर्थिक महासंकटले जन्म लियो।देश बेचिने अवस्थामा पुग्यो।


 जनताहरुबाट सुन जम्मा गर्ने योजना, राष्ट्र बचाउ अभियान।

यो देशमा जब जब समस्या परेको छ।तब तब जनता द्वारानै समस्याको समधान भएको पाइएको छ।कोरियाको इतिहासलाई हेर्ने हो भने सन १९०७ मा पनि यस्तो ऋणको समस्या भएको थियो।जापानले ऋण बोकाएर देशलाई गुलाम बनाउने तरखर गर्दा कोरियाका जनताले चन्दा उठाएर जापानको ऋण तिरेका थिए।यो पटक पनि कोरियाका जनताले सुन जम्मा गरेर आइएमएफलाई ऋण चुक्ता गर्ने र देश बचाउने अभियान सुरु गरे।सन १९९७ को १० औँ महिनादेखी राज्यको टोलटोलबाट सुन जम्मा गर्ने अभियान सुरु गरियो।यो अभियानमा बच्चा,वृद्ध,महिला,भिकारी सारा जनताले भाग लिएका थिए। मात्र चार महिनामा  पैंतीस लाख मानिसहरुले भाग लिए।पैतिस लाख मानिसले जम्मा गरेको सुन २२५ टन हुन पुगेको थियो।यसबाट राज्यले आइ.एम.एफ.बाट लिएको ऋण चुक्ता गर्न सक्ने सिँढिमा पुग्न सफल भयो।जनताले जम्मा गरेको सुनबाट देशले ऋणबाट मुक्त पायो।


बिस्तारै पुनः कोरियामा बहार आयो।सन २००१ देखि फेरि कारखाना सुचारु भए।शेयर बजारमा हरियाली आयो।वित्तीय संस्था जिवित भए।उत्पादित समान निर्यात हुन थाल्यो।अनि बढेको डलर पुनः घटाएर आठ सय वनमा नै ल्याउन सफल भयो।आफ्नै देशको मुद्रा मजबुत बनायो।लगत्तै सन २०१०मा  विकसित राष्ट्रको समूह जि २०(G२०)मा भाग लिने अवसर पनि पायो।अहिले उदाउँदो देश चीनसँग कुममा कुम जोडेर विकासमा अगाडि बढिरहेको छ।दुई वर्ष देखि लागेको कोरोनाले पनि यो देशलाई असर पुर्याउनबाट जोगाएको छ।जनताको एकता र राष्ट्रवादले जि.डि.पि.मा कुनै असर परेको छैन।दिन दुईगुणा रात चारगुणाले आयस्रोत तथा विकास बढ्दो छ।यो देशले खुब प्रगती गरोस हामी सबैको शुभकामना।


हाम्रो प्यारो देश नेपालमा 

हाम्रो दक्षिणको प्यारो छिमेकी देश भारतमा सोह्रौँ शताब्दी तिर मुस्लिम शासक मुगल भन्नेहरु आए।उनिहरुले टुक्रे हिन्दु राज्यलाई हराउँदै भारतमै शासन गर्न थाले।अनि भारत मुगल साम्राज्य बन्न पुग्यो।तत्पश्चात हाम्रा पुर्खाहरु पैसा कमाउन त्यही मुगलान पसे।आइसी पैसाको नामले  हाम्रो नेपालमा पनि नाम कमाउन थाल्यो।लगत्तै पवित्र भूमी भारतमा अंग्रेज आए।उनिहरुले हाम्रो देशलाई पनि कब्जा गर्ने योजना त बनाए सकेनन।तर सैनिक बनाएर हाम्रा पुर्खाहरु भने लिएर गए।बिसौँ शताब्दी लागेपछी जहाज चढेर विदेश जाने लर्को सुरु हुन थाल्यो।अहिले यो प्रक्रिया कुनै कोणबाट पनि टुटेको छैन।


घुम्दै फिर्दै रुम्जाटार

कुनेनको खेतिमा,कोइला खानिमा,तेलको कुवादेखि लिएर भारतको सरकारी  उच्च दर्जाको ओहदा सम्म हाम्रो पुजनिय नेपालीहरु भारतमा हुनुहुन्छ।झण्डै एक करोडको हाराहारीमा हुनुभएको वहाँहरुले कमाएर पठाएको पैसा नेपाल भित्रिन्छ। अर्को तर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिएका हामी ७०लाख नेपालिको पैसा पनि कपोमा बसेर डलरले च्याप्प चुसेर बचेको पैसा रेमिट्यान्स भनेर नेपाल छिराइदिन्छ।घरमा हुनुभएको हाम्रा आमाहरुले भन्नुहुन्छ"नेपालमा त केही समान छोइसाध्य छैन।हजार रुपैयाँको केही पनि आउँदैन।पोहोर सालभन्दा अहिले समानको मूल्य दोब्बर भएर गयो"-----।


अर्को वर्ष तेब्बर नहोला भन्न सकिन्न।अब सोच्ने बेला आएको छ।चिया पसल,मेलापात,साथिभाइको भेटघाट,कुनाकुनाबाट आवाज उठाउने बेला आएको छ।हाम्रो पैसा किन हल्का भएको छ।किन महत्त्व घट्दै गएको छ हाम्रो पैसाको।अब पनि नजागे कहिले जाग्ने।हाम्रा हरेक सन्तानलाई शिक्षित बनाउँदै समाजमा हुनुभएको हरेक पुजनियलाई प्रश्न राखौं।नत्र हामी आउने पुस्ताबाट सरापित हुनेछौं।हामी सबैको कल्याण होस।अबको हाम्रो पुस्ता कोहि पनि विदेशीन नपरोस।

                                                                


कमेन्ट गर्नुहोस्