
तिलोत्तमा सिटी,१९ पौष २०७८।नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएका छन् ।माओवादीको आठौं महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकले प्रचण्डलाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो । प्रचण्ड तीन दशकदेखि माओवादीको अध्यक्ष रहँदै आएका छन् ।ललितपुरको हेरिटेज गार्डेनमा बसेको बैठकमा प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरियोस भनेर नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका थिए ।
त्यसपछि हललाई सम्बोधन गर्दै बैठकको अध्यक्षता गरेका नेता दीनानाथ शर्माले प्रचण्ड सर्वसम्मतबाट निर्वाचित भएको घोषणा गरेका थिए ।अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले आफ्नो काँधमा पुनः ठूलो जिम्मेवारीको भारी थपिएको प्रतिक्रिया दिएका छन् ।केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रस्तावक, समर्थक र सिंगो केन्द्रीय समितिलाई धन्यवाद दिएका छन् । उनले पार्टीलाई सुदृढ गनुपर्ने र देशलाई दिशानिर्देश गर्नुपर्ने अवस्थामा अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको बताए ।
कमेन्ट गर्नुहोस्