लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित

IMG

२०७८ पुष १८, तिलोत्तमा सिटी।  आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची थियो ।संसद बैठक स्थगित भएपछि कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको हो । संसदको तेस्रो  दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको बताइएको छ  । संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसदमा विरोध प्रदर्शन गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्