लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा माओवादी केन्द्रमा समानुपातिकतर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने

IMG

२०७८ पुष १८ ,तिलोत्तमा सिटी। नेकपा माओवादी केन्द्रमा समानुपातिकतर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने भएको छ ।काठमाडौंमा चलिरहेको आठौं राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिकतर्फ ८ वटा क्लस्टर छुट्याइएको छ ।एक नेताका अनुसार समानुपातिकतर्फ सहमतिबाटै केन्द्रीय सदस्यहरु टुंगो लगाइनेछ, र यसका लागि निर्वाचन हुने छैन । सात प्रदेशलाई हरेक क्लस्टरमा संख्या तोकेर केन्द्रीय सदस्य दिन भनिएको थियो । त्यसअनुसार ५ वटा प्रदेशमा सहमति जुटेको ती नेताले बताए । प्रदेश २ र वागमतीमा सहमतिको प्रयास भइरहेको छ ।


समानुपातिकतर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन हुनेछन् ।सहमतिकै प्रयासमा बन्दसत्र स्थगित गरेर स्थायी कमिटी सदस्यहरुको बैठक पटकपटक बसेको छ । माओवादी केन्द्रले सहमतिकै लागि निर्वाचन कार्यक्रम तीन पटक संशोधन गरिसकेको छ । पछिल्लो पटक सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आइतबार साँझ उम्मेदवारी दर्ता गर्ने र सोमबार विहान ८ देखि मतदान हुनेछ ।

कमेन्ट गर्नुहोस्