लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१६ किलो चरेससहित २ जना पक्राउ

IMG

 २०७८ पुस १३, तिलोत्तमा सिटी।  कैलालीमा १६ किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।आइतबार राति विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय  र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चुरे गाउँपालिकाको खानीडाँडाबाट चरेससहित मानिसलाई पक्राउ गरेको हो ।

बझाङबाट धनगढितर्फ आइरहेको  से१ज ७१८ को जिपको सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा चालक बझाङकै बुङगल नगरपालिका-११ का २८ वर्षीय  वीर बोहरा र ४० वर्षीय गमीलाल बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्