लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रौतहट दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ६ पुग्यो

IMG

तिलोत्तमा सिटी,१३ पौष २०७८। रौतहटमा मंगलबार दिउँसो भएको कार दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका शेख अवलेसको शुकदेव चौकस्थित शिवदर्शन अस्पताल उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या ६ पुगेको प्रहरीको भनाइ छ ।दुर्घटनामा चार जनाको घटनास्थलमै र घाइते २२ वर्षीय शेख अरसको उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।


मंगलबार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय कार गरुडामा दुर्घटना हुँदा गढिमाइ नगरपालिका–३ का १६ वर्षीय शेख नैवसाद, २२ वर्षीय शेख सैनुल्हा, ५५ वर्षीय मोसाफिर अन्सारी र २५ वर्षी शेख छोटुको घटनास्थलमै मृत्यु भएको थियो ।जन्ती बोकेको उक्त जिपमा नौ जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएका दुईजनाको स्थानीय ग्राण्डीमा उपचार भइरहेको र एकजनाको वीरगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्