लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अश्लीलता फैलाउने भिडियो पोस्ट गरेको आरोपमा युट्युबर पक्राउ

IMG

 २०७८ पुस १२, तिलोत्तमा सिटी।  नेपाल प्रहरीको साइबर ब्‍यूरोले अश्लीलता झल्कने शीर्षक राखेर भिडियो बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा निसीखोला गाउँपालिका-१ खापापानी स्थायी घर भई काठमाडौं महानगरपालिका-३१ अनामनगर बस्‍दै आएका रामबहादुर मल्ल रहेका छन् ।आइतबार अनामनगरबाट पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको ब्‍यूरोका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले बताए ।


मल्लले साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण गरेको प्रहरीको भनाइ छ ।यस्तो काम विद्युतीय कारोबार ऐन २०६३ अनुसार कसूर मानिने भएकाले पक्राउ गरेर अनुसन्धान गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्