लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप २१९ जनामा कोरोना भाइरस पुष्टि, दुई जनाको मृत्यु

IMG

२०७८ पुस ११, तिलोत्तमा सिटी। पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । देशभरमा एन्टिजिन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यस्तै २८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हाल सक्रिय संक्रमितको संख्या ४९०६ कायम भएको छ ।पछिल्ला २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्