लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वडा अध्यक्ष नारायण न्यौपानेले दिए, आफ्नो जन्मदिनमा विद्यालयलाई एक लाख

IMG

तिलोत्तमा सिटी,१० पौष २०७८। आफुलाई बिकाशप्रेमि तथा जुझारु प्रस्तुत गर्दै आएका रुपन्देहीको तिलोत्तमा नगरपालिका– ९ का वडाध्यक्ष नारायण न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा स्थानीय गौतमबुद्ध मावि केवलानीलाई नगद रु १ लाख रुपैयाँ प्रदान गरेका छन् भने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री र जुत्ता वितरण गरेका छन् ।


न्यौपानेले सो एकलाख रुपैया विद्यालयमा बस सञ्चालनका लागि व्यक्तिगत तर्फबाट दिएका हुन् भने कक्षा १ देखि ६ कक्षासम्मका १०३ जना विद्यार्थीलाई कापी कलमलगायत शैक्षिक सामग्री र जुत्ता वितरण गरेका छन् । जन्मदिनमा आफ्नो घरबाट बुवा आमाको आशिर्बाद लिएर हिडेका वडा अध्यक्ष न्यौपानेले ‘जन्मदिनमा खानपान र रमाइलो गरेर फजुल खर्च गर्नुभन्दा सामाजिक काम गरौं भनेर विद्यार्थी र विद्यालयलाई सहयोग गरेको बताए। न्यौपानेले ‘यसअघि पनि आफूले पाउने तलब भत्ता पनि नलिई सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्दै आएका छन्।


तिलोत्तमा वडा नम्बर ९ लाई बिकाशको गतिमा एककदम अगाडी बढाउदै आएका उनि समाजमा बिकाशप्रेमी नेताको रुपमा चिनिन्छन।  हालै मात्र वडा नमब्र १७ मा १५ शैया सहितको बिपी ग्राममा अस्पताल निर्माण शुरु गर्न अहम भूमिका खेलेका वडा अध्यक्ष न्यौपानेले वडा नम्बर ९ बाट नेपाली कांगेसको तर्फबाट स्थानिय चुनाबमा जितेका हुन्।  


कमेन्ट गर्नुहोस्