लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महिला फुटसलको उपाधि लुम्बिनी प्रादेशिक अस्पताललाई

IMG

तिलोत्तमा सिटी,१० पौष २०७८। दोस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता–२०७८ को उपाधि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा ११ समूहलाई पछि पार्दै अस्पतालले उपाधि जितेको हो । महिलाहरुद्वारा सञ्चालित रेडियो मुक्तिको आयोजनामा महिला शसक्तिकरण र एकताका लागि आयोजित प्रतियोगिताका विजेताले उपाधिसँगै नगद रु १० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।त्यसैगरी बुटवल उपमहानगर प्रतियोगिताको उपविजेता बन्न सफल भएको छ । उपविजेतासँगै उपमहानगरले नगद रु ५ हजार प्राप्त गरेको प्रतियोगिता संयोजक अमृता अनमोलले जानकारी गराइन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,अनुशासित खेलाडीलाई पनि नगदसहित सम्मान गरिएको उनले बताइन् ।


प्रतियोगितामा एकल महिला,सञ्चारकर्मी,कृषक समूह,स्वास्थ्यकर्मी ,व्यवसायी महिाल,किशोरी लगाएत १२ समूहको सहभागिता रहेको थियो।प्रतियोगिता रेडियो मुक्तिकी अध्यक्ष खेमकुमारी पोख्रेल दिपुको अध्यक्षता,बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता र स्टेशन म्यानेजर कल्पना तिवारीको सञ्चालनमा भएको थियो । त्यसैगरी प्रतियोगितामा निरज गुरुङले रेफ्रि र दीपक न्यौपानेले खेल सञ्चालक तथा उद्घोषकको भूमिका निर्वाह गरेका थिए ।

कमेन्ट गर्नुहोस्