लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

IMG

२०७८ पुस ९, तिलोत्तमा सिटी। बिहान सबेरै राजधानी ढाकाबाट २५० किलोमिटर टाढा अव बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगो लाग्दा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।शुक्रबार दक्षिणी बंगलादेशमा यात्रुले भरिएको सानो आकारको पानीजहाज (फेरी)मा आगो लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।स्थित झलोकथी शहरजनिकै ५०० यात्रु बोकेको पानीजहाजमा आगो लागेको हो ।उक्त पानीजहाजमा ढाकाबाट घर फर्किँदै गरेका मानिसहरू सवार थिए । आगलागीमा परी ज्यान गुमाएका ३२ जनाको शव प्राप्त भएको स्थानीय प्रहरी प्रमुख मोइनुल इस्लामले बताएका छन् ।


‘तीन तले ओबिजान १० नामक फेरी नदीको बीच भागमा पुग्दा आगो लागेको हो । हामीले ३२ शव बरामद गरेका छौं तर, मृतकको संख्या बढ्न सक्छ’, मोइनुलले एएफपी समाचार माध्यमलाई भने, ‘अधिकांशको आगोमा जलेर मृत्यु भएको र नदीमा हाम फालेपछि केहीको डुबेर मृत्यु भएको छ ।’पानी जहाजको इन्जिन रुमबाट शुरु भएको आगो चारैतिर फैलिएको पनि इस्लामले बताए । उनका अनुसार जलेर १०० जना घाइते भएको र घाइतेलाई अस्पताल लगिएको छ । सामाजिक सञ्जालमा राखिएको भिडियोमा पानी जहाजमा भीषण आगो लागेको देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्