लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाल हेल्पलाइन नेपाल १०९८ (दश नौ आठ) को शुभारम्भ

IMG

तिलोत्तमा सिटी,६ पौष २०७८। बालबालिकाको आपत्कालीन उद्धार, राहत, संरक्षण तथा परामर्श सेवाको लागि आज बाल हेल्पलाइन नेपाल १०९८ (दश नौ आठ) को शुभारम्भ गरिएको छ । सिविन नेपालले सञ्चालनमा ल्याएको बाल हेल्पलाइनको प्रदेश सरकारका माननीय कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले तिलोत्तमामा शुभारम्भ गर्नुभएको हो । यस क्षेत्रमा सेवा दिनेगरी तिलोत्तमा नगरपालिकाको मणिग्राममा बाल हेल्पलाइन नेपालको कार्यालय सञ्चालनमा आएको छ । जुनकुनै ठाउँका बालबालिका वा अन्यले मोबाइल अथवा टेलिफोनबाट १०९८ मा फोन गरी आफ्नो समस्याको बारेमा जानकारी गराउन सक्नेछन् ।



१०९८ मा फोन गर्दा पैसा लाग्दैन । हेल्पलाइनको सञ्चालनले बालबालिकाको आपत्कालीन उद्धार, राहत, संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । शुभारम्भ कार्यक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले बालमैत्री नगरपालिकालाई दिगो बनाउन हेल्पलाइनले महत्वपूर्ण टेवा पुर्याउने बताउनुभयो । ५१ वटा सूचक पूरा गर्दै तिलोत्तमा नगरपालिका गत मंसिर २९ गते बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा भएको थियो । हेल्पलाइन सुभारम्भ कार्यक्रममा अन्य सरोकारवालाहरुको साथैं तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि, बाल समूह सञ्जालका पदाधिकारी तथा सदस्य, विभिन्न विद्यालयका प्रअलगायतको सहभागिता रहेको थियो ।



कमेन्ट गर्नुहोस्