
२०७८ मङ्सिर २० ,तिलोत्तमा सिटी।
पछिल्लो २४ घण्टामा २६५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ११४ पीसीआर र १ हजार ५०३ जनाको एन्टीजेन परीक्षणका क्रममा २६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ८३० जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ३८६ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३५७ जना संक्रमित निको भएका छन्।
यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ। उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ११४ जना आइसीयू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्