
२०७८ मङ्सिर २० ,तिलोत्तमा सिटी।
नेपाली सिनेमा जगतका चर्चित अभिनेता निखिल उप्रेतीको पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेदकाे कुरा धेरै समय पहिले नै चर्चामा आएकाे थियाे ।तर उनीहरुकाे डिभाेर्स भने भएकाे थिएन् ।अहिले याे खबर बाहिरिएकाे छ । कोपिला उप्रेतीलाई भक्तपुरमा रहेको घर, ५० लाख र महिनाको ५० हजार दिने सहमतिमा निखिलले डिबोर्स गरेकाे भन्ने बजारमा चर्चा भएको थियो ।
कोपिलाले भने आफुले ५० लाख रुपैयाँ नलिएको बताएकी छिन् । काेपिले सामाजिक सञ्ञालमा एक स्टाट्यस लेख्दै ५० लाख रुपैयाँ लिएको असत्य भएको बताएकी छिन् । मिडियालाई गलत समाचार नलेख्न आग्रह पनि गरेकी छिन् ।निखिलले दोस्रो विवाह गरेदेखि नै उनीहरु अलग–अलग बस्दै आएका थिए । कोपिलाबाट निखिलका एक छोरा छन् भने सञ्चिता लुइटेलसँग १३ वर्षअघि विवाह गरेका निखिल हाल दुई सन्तानसँगै एक अर्पाटमेन्टमा बस्दै आएका छन् ।
Kopila Uprety
on Saturdayमैंले बिना सम्पत्ति पति निखिल उप्रेतीजी संग सम्बन्ध विच्छेद गरे को हु।यो नयाँ ठिमीको घर आज भन्दा १४ वर्ष अगाडि नै मेरो नाममा नै थियो। हरेक महिनामा ५० हजार मैल पाएको छु ,यो सत्य हो। मैंले वहाको दोस्रो सन्तान ले निखिल जीको कानुनी नाम पाउन भनेर यो कठोर निर्णय लिएकी हु कूपया पत्रकार जी गलत समाचार न छापे । मैंले ५० लाख लिएको छैन ।🙏🙏 सक्दो यो खबर लाई शेयर गर्न सबैलाई अनुरोध गर्दछु🙏🙏 मेरो भावनालाई सम्मान गरिदिनुहोला 🙏🙏
51 | 42 |
कमेन्ट गर्नुहोस्