
२०७८ मङ्सिर १७ ,तिलोत्तमा सिटी।
वाई-वाई यू १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम लिग खेलमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको छ ।७ टिम सहभागि प्रतियोगितामा सुदूरपश्चिम ४ खेल जित्दै ८ अंक जोडेर दोस्रो हुँदै फाइनल पुगेको छ । लुम्बिनी प्रदेश यसअई नै ५ जितबाट १० अंक जोडेर फाइनल पुगिसकेको छ । अब आइतबार सुदूरपश्चिमले लुम्बिनीसँग उपाधिका लागि खेल्नेछ ।सुदूरपश्चिमले फाइनल फाइनल प्रवेशका लागि पाएको ९६ रनको लक्ष्य ३२.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । सुदुरपश्चिमका लागि नरेन भट्टले अविजित ३७ रन बनाए। यस्तै राहुल भण्डारीले अविजित ३१ रन जोडे ।
बागमतीका गौतम केसी र प्रतिश जिसीले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ३०.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो ।बागमतीका लागि विवेक मगरले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए भने क्रिस कार्कीले १७ रनको जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।बागमतीलाई अलआउट गर्न सुदूरपश्चिमका हेमन्त धामीले १० ओभरमा ५ मेडन राख्दै १९ रन मात्र खर्चेर ५ विकेट लिए । शेर मल्लले ४ विकेट लिए ।
कमेन्ट गर्नुहोस्