लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुघर्टना हुँदा १४ जना घाइते, चारको अवस्था गम्भीर

IMG

२०७८ मङ्सिर १७ ,तिलोत्तमा सिटी। 

कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।शुक्रबार वेदकोट नगरपालिकाको दैजीबाट जन्ती लिएर लालझाडीतर्फ फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्रयाक्टर पूर्वपश्चिम राजमार्ग अन्तरगत झलारीमा दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहकाअनुसार दुर्घटनामा परेर घाइते भएकामध्ये चालक लालझाडी गाउँपालिका–९ का २२ वर्षीय रामप्रसाद चौधरीसहितका ४ जनाको अवस्था गम्भीर छ ।घाइते भएका सबै लालझाडी गाउँपालिका-९ का स्थानीय हुन्। उनीहरुसहित ८ जना घाइतेलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी नायब उपरीक्षक शाहले बताए ।विवाह खाएर फर्किने क्रममा ट्रयाक्टर दुर्घटनामा परेको बताउँदै उनले दुर्घटनाको कारण भने खुल्न नसकेको जनाए ।

कमेन्ट गर्नुहोस्