लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रचण्डले बेचे लाजिम्पाटको बङ्गला २७ करोडमा

IMG

२०७८ मङ्सिर १६ ,तिलोत्तमा सिटी।  

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्काको नाममा लुकाएर राखेको लाजिम्पाटस्थित आफ्नो बङ्गला बिक्री गरेका छन् । विख्यात व्यवसायी अजय सुमार्गीकी अति नकटतम् नातेदारको नाममा रहेको एकचालिस आना क्षेत्रफलमा बनेको उक्त बङ्लालाई केही वर्षअघि प्रचण्डले स्थायी बसोबास बनाउने निधो गरेका थिए । तर, त्यस बङ्लामा बस्न थालेपछि सबभन्दा ठूलो पार्टीको हैसियत गुमाएर (२०७० मा) तेस्रो पार्टी बनेको, छोराको सन्देहास्पद मृत्यु भएको र, पत्नी सीताको स्वास्थ्यस्थिति समेत नाजुक हुँदै गएकोले आफ्ना विश्वासप्राप्त ठेकेदार शारदाप्रसाद अधिकारीको नाममा खरिद गरिएको धापाखेलनजिक खुमलटारको घरमा प्रचण्ड सरेका थिए ।


लाजिम्पाट छोडेपछि उनी अहिलेसम्म खुमलटारको घरमा रहँदै आएका छन् ।लाजिम्पाटस्थित घरदेच्नका लागि प्रचण्डकै छोरीहरूले ग्राहक खोजेका थिए । भरतपुरको मेयर भएपछि सम्पर्कमा आएका कैलाश खड्का नामक व्यक्तिसँग कुरा मिलाएर रेणु दाहालले निजलाई निकै सस्तो दरमा घर बिक्री गराइदिएको जानकारीमा आएको छ । प्राप्त समाचार अनुसार प्रतिआना एक करोडभन्दा बढी मूल्य पर्ने ४१ आनाको उक्त जमिन जम्मा सत्ताइस (२७) करोड रुपैयाँमा बिक्री गरिएको छ ।


माओवादी पार्टीका अध्यक्ष प्रचण्डले सम्पत्ति विवरणमा भने आफूसँग जम्मा तीन तेला सुन र एक कठ्ठा जमिन मात्र रहेको विवरण राज्यलाई उपलब्ध गराएका छन् । राज्यलाई यसरी गलत विवरण दिइएको भए पनि प्रचण्डको विलाशी र वैभवपूर्ण जीवनशैलीले उनलाई नेपालका अति धनाढ्यमध्येका एक व्यक्तिको पहिचान दिएको छ ।


कमेन्ट गर्नुहोस्