लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘ओमिक्रोनका कारण धेरै नआत्तिनुस्, खोपले गम्भीर संक्रमणबाट बचाउँछ’

IMG

२०७८ मङ्सिर १५,तिलोत्तमा सिटी। 

खोप निर्माता कम्पनी बायोइन्टेकका प्रमुख कार्यकारी अधिकृतले नयाँ कोभिड भेरियन्टका कारण धेरै नआत्तिन आग्रह गरेका छन् ।

बायोइन्टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उगुर सहिनले एक अन्तर्वार्तामा नयाँ ओमिक्रोन भेरियन्टका कारण धेरै नआत्तिन आग्रह गरेका हुन् । ‘धेरै नआत्तिनु होला, योजना यथावत छ , तेस्रो बुस्टर डोजलाई तीब्रता दिनुहोस्’, वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा सहिनले भने, ‘हालका लागि हाम्रो सन्देश यही हो ।’


बायोइन्टेकका सह-संस्थापक र कोभिड खोप आविष्कार समेत गरेका सहिनले खोप लगाएका मानिसलाई ओमिक्रोनले संक्रमण गर्न सक्ने संभावना भए पनि खोप लगाएका मानिसहरू गम्भीर संक्रमणबाट सुरक्षित हुने समेत बताए ।ओमिक्रोनको उत्परिवर्तन उच्च भएका कारण खोप लगाएपछि विकास हुने एन्टिबडीलाई यसले छल्न सक्ने तर संक्रमणविरुद्ध ‘टी-सेल’ले प्रदान गर्ने सुरक्षा छल्ने संभावना कम रहेको सहिनको भनाइ थियो ।


‘ओमिक्रोनविरुद्ध खोपले काम गर्ने हाम्रो विश्वास विज्ञानमा आधारित छ’, सहिनले भने, ‘यदि भाइरसले इम्युनिटी छल्ने क्षमता विकास गर्‍यो भने एन्टिबडीलाई मात्रै छल्न सक्छ र गम्भीर रोगबाट बचाउने इम्युनिटिको दोस्रो तह अर्थात् टी-सेल पनि हाम्रो शरीरमा हुन्छ ।’सहिनले अन्तर्वार्ताका क्रममा ओमिक्रोनलाई लक्षित गरी बनाइने परिमार्जित खोप बजारमा आउन सय दिन लाग्ने तर त्यस्तो खोप आवश्यक नपर्न सक्ने पनि बताए ।हिजो मात्रै मोडेर्नाका सीईओ स्टेफाने बान्सेलले ओमिक्रोनविरुद्ध विद्यमान खोप कम प्रभावकारी हुने बताएका थिए । बान्सेलको उक्त अभिव्यक्तिपछि युरोप र एसियाका बजारमा हलचल मच्चिएको थियो ।


कमेन्ट गर्नुहोस्