लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आठ दुर्गम स्थानमा थप्यो टुजी र फोरजी सेवा टेलिकमले

IMG

२०७८ मङ्सिर १३ ,तिलोत्तमा सिटी ।

 दश वर्षे जनयुद्धको दौरानमा आफ्ना दुई छोरा गुमाएका झापाका भीमबहादुर बस्नेतले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकारको जिम्मेवारी प्राप्त गरेका छन् ।माओवादी केन्द्रको पछिल्लो स्थायी समितिको वैठकले बस्नेतलाई सो जिम्मेवारी दिएको हो । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय सल्लाहकारलाई केन्द्रीय सदस्य सरहको मर्यादा दिइएको छ ।


बस्नेतले विगतमा माओवादीको झापा जिल्ला सदस्य, कोचिला राज्य समिति सल्लाहकार, वेपत्ता योद्धा परिवार समाजका संस्थापक सहसंयोजक लगायतको जिम्मेवारीमा रही आफ्नो भूमिका निर्वाह गरेका थिए । बस्नेत विगतमा माओवादीको तत्कालीन हेटौंडा महाधिवेशन प्रतिनिधि र विराटनगर राष्ट्रिय सम्मेलन प्रतिनिधिको रुपमा समेत सहभागी थिए ।


वि.सं.२०६० देखि बस्नेतका माइला छोरा पुष्पराज बस्नेत र कान्छा छोरा धीरेन्द्र बस्नेत तत्कालीन सेनाको भैरवनाथ गणबाट हालसम्म वेपत्ता बनाइएका छन् । द्वन्द्वकालमा राज्यपक्षबाट वेपत्ता पारिएकाहरूलाई सार्वजनिक गराउन माग गर्दै भएको आन्दोलनमा बस्नेतले लामो समयसम्म नेतृत्व गरेका थिए ।


नेपाल टेलिकमले विगतमा जस्तै हेलिकप्टरबाट उपकरण ढुवानी गरी यो आर्थिक वर्षमा अति दुर्गम र विकट आठ स्थानहरुमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको जनाएको छ ।टेलिकमले सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखा जिल्लाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङ जिल्लाको ओडार भ्यू–प्वाइन्ट हेलिकप्टरबाट उपकरणहरु ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो ।


यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको टेलिकमले जनाएको छ । सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको हो ।


स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का वस्तीहरु र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लो लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ ।त्यसैगरी टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका वडा नम्बर ४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रहरुमा सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ ।


गोरखाकै बिही (गज्र्याङ डाँडा) नयाँ साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ५ अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३ अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्रहरुमा सेवा उपलब्ध भएको पनि कम्पनीले जनाएको छ ।त्यस्तै मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिका अन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।


यसैगरी अन्य ३ (तीन) दुर्गम र विकट स्थानहरुमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा नेपाल टेलिकमले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको टेलिकमले जनाएको छ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ र दार्चुला जिल्लाको व्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गरिने उसले जनाएको छ ।हाल यी स्थानहरुमा संरचना निर्माण भइरहेको छ ।सेवा सञ्चालनमा आए पश्चात यी क्षेत्रका सेवाग्राहीले गुणस्तरीय भ्वाइस तथा डाटा सेवा प्रयोग गरी लाभ लिन सक्ने टेलिकमको विश्वास छ ।


तुलनात्मक रुपमा लगानी बढी हुने तर व्यावसायिक रुपले प्रतिफल प्राप्त नहुने यस्ता अति दुर्गम र विकट स्थानहरुमा समेत नेपाल टेलिकमले दूरसञ्चार सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।मुलुकका अत्यन्त दुर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले दशकौं अगाडिदेखि नै परिवहनका विभिन्न उपायहरु अपनाउँदै आएको छ ।


कमेन्ट गर्नुहोस्