लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अध्यक्ष मण्डलकाे बैठक सुरु,केपी ओली बन्द सत्र स्थलमा

IMG

२०७८ मङ्सिर १२,तिलोत्तमा सिटी। चितवनको सौराहामा जारी नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थलमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली बन्द सत्र स्थलमा प्रवेश गरेसँगै अध्यक्ष मण्डलको बैठक सुरु भएको हो ।महाधिवेशनको अध्यक्ष मण्डलमा अध्यक्ष ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहनुभएको छ । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहनुभएको छ ।


त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित पनि अध्यक्ष मण्डलमा हुनुुहुन्छ ।अध्यक्ष मण्डलको बैठकपछि बन्द सत्र सुरु हुने बताइएको छ । बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको नाममा सहमति गर्ने र आजै घोषणा गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।बन्द सत्र स्थलबाहिर अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत हुनुपर्ने माग गर्दै कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । बिहान १० बजे सुरु हुने भनिएको बन्द सत्र बेलुकी ७ बजे सुरु हुने भनिए पनि ढिला गरी सुरु भएको हो । आठ बजेपछि प्रतिनिधिहरू बन्द सत्र हलमा प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्